May 22, 2024, Wednesday
२०८१ जेष्ठ १०
1:37:26 pm

समाजवादी प्रेस संगठन नेपालको केन्द्रीय पदाधिकारी बैठक वीरगन्जमा सम्पन्न

2.4K

पर्सा । समाजवादी प्रेस संगठन नेपालको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार वीरगन्जमा सम्पन्न भएको छ ।
केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदीको अध्यक्षतामा भएको बैठक सञ्चालन महासचिव रामकुमार एलनले गरेका थिए ।

सो बैठकमा नेकपा (एकीकृत समाजवादी) पर्सा अध्यक्ष क.बालगोपाल थापा र वीरगन्ज महानगर अध्यक्ष क. मनोज चौधरीको आतिथिको रुपमा उपस्थिति रहयो ।
बैठकको आरम्भमा केन्द्रीय लेखा आयोगका संयोजक मदन ठाकुरको शपथ निर्णय भयो ।

बैठकका महत्वपुर्ण निर्णयहरु महासंघका सन्दर्भमा सम्पूर्ण विषयको समन्वय गर्ने कमिटी संयोजक- विश्वमणि सुवेदी, सदस्य नवराज छतकुली, रामकुमार एलन, कृपा भण्डारी, बृजलाल पासवान, जीवन बिसी, नरेन्द्र साउद रहने विशेष कमिटी बैठकले बनाएको छ ।अध्ययनका क्रममा चीनमा रहनु भएका उपाध्यक्ष तेजप्रसाद वाग्लेले दिनुभएको राजीनामा स्वीकृत गरेका छन् ।

Advertisement

विभिन्न समितिमा मनोनीत गर्ने निर्णय गरेका छन ।उपाध्यक्ष (एसोसिएट्स/प्रतिष्ठान)- सविन शर्मा, ललितपुर/वातावरणमा पत्रकार समूह ,केन्द्रीय अनुशासन आयोगको संयोजक- हरि जोशी, कैलाली ,केन्द्रीय सदस्य- नन्दराम जैसी, जुम्ला ,केन्द्रीय सदस्य- जीवन हमाल, प्युठान
,केन्द्रीय कमिटी बैठक, चैत महिनाभरि, स्थान- लुम्बिनी
,सहाना प्रधान स्मृति पत्रकारिता पुरस्कार ,वीरेन्द्र साह स्मृति पत्रकारिता पुरस्कार र डेकेन्द्रराज थापा स्मृति पत्रकारिता पुरस्कारका नाम अनुमोदन गरेका छन्।

साथै बैठकले पत्रकार महासंघको निर्वाचनका क्रममा प्रदेश र जिल्लास्तरका सम्पूर्ण नीति र निर्णय प्रदेश कमिटीको बैठकले तय गरेबमोजिम हुनेछ ।