January 20, 2022, Thursday
२०७८ माघ ६
1:37:26 pm

योगेश भभट्ट्रराईलाई प्रधानमन्त्रीको ब्यङग्य: दौडीदौडी भोट मागेर मन्त्री बनाएँ, एक दिन त पुक्क लात्ता हानेर भाग्यो

1.8K

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमन्त्री योगेश भट्टराईलाई बैगुनी केटाुको उपमा दिएका छन् । प्रदेश नम्बर १ का कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

ओलीको प्रयासमा योगेशले निर्वाचन जितेको उल्लेख गर्दै बैगुनी केटाकेटीको बारेमा आफूलाई कुरा गर्न आवश्यक नरहेको पनि सुनाए ।

म कुनै बैगुनी केटाकेटीको बारेमा कुरा गर्न चाहन्न। हाम्रै प्रदेशमा पनि त्यस्तै देख्या छ। दौडीदौडीकन गएर भोट मागेर, यो केटालाई जिताएर पठाउनुस् मन्त्री बनाएर पठाउँछु भनेँ, मन्त्री बनाएँ, एक दिन त पुक्क लत्ता हानेर भाग्यो, सम्बोधनको क्रममा ओलीले भने, को भनेर यसो हेर्दा त उही केटो।

Advertisement

प्रतिनिधिसभाको निर्वाचनमा ओली तेह्रथुम पुगी योगेशलाई जिताउन आग्रह गरेका थिए। ओलीले त्यसबेला योगेशलाई मन्त्री बनाएर पठाउने प्रतिवबद्धतासमेत जनाएका थिए। प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेसँगै योगेशले मन्त्री पदबाट राजीनामा दिएका थिए। यसैबारे प्रधानमन्त्री ओलीले युवाहरुले यस्तो गरेको भन्दै कार्यक्रममा दुखेसो पोखेका हुन्।