March 24, 2025, Monday
२०८१ चैत्र १२
1:37:26 pm

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री पूर्णबहादुर खड्कालाई

920

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड युगाण्डामा आयोजित असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १९ औँ शिखर सम्मेलनमा सहभागी हुन आज बिहान युगान्डा प्रस्थान गरेको हुँदा उनलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकिएको हो ।

प्रधानमन्त्री प्रचण्ड नफर्कुन्जेल उपप्रधानमन्त्री खड्कालाई कार्यबाहक प्रधानमन्त्री तोकिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

Advertisement