January 20, 2022, Thursday
२०७८ माघ ६
1:37:26 pm

कोरोना खोपका लागि सरकारले गर्यो बजेटको प्रबन्ध

480

काठमाडौं: विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ल्याउनका लागि आवश्यक बजेटको प्रबन्ध गरिसकेको अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् ।

ललितपुर चेम्बर अफ कमर्सको कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले सरकारले कोरोना खोप खरिद गर्नका लागि आवश्यक रकमको जोहो गरिसकेको जानकारी दिएका छन् ।

तर, खोप कोषमा योगदानका लागि पत्रिकाका अपिल आएको विषयमा भने आफू प्रष्ट नभएको अर्थमन्त्री पौडेलले बताए । उनले अन्य खोप कार्यक्रममा पनि सहयोगका लागि अपिल गरेको हुनसक्ने बताए ।

Advertisement