May 22, 2024, Wednesday
२०८१ जेष्ठ १०
1:37:26 pm

गठबन्धनका उम्मेदवारलाई भोट हाल्न सात दलको अपिल

610

काठमाडौं । सत्ता गठबन्धनले आफ्ना तर्फबाट राष्ट्रिय सभामा उम्मेदवारी दिएकाहरूलाई मतदान गर्न अपिल गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको गठबन्धन दलको बैठकले गठबन्धनलाई संगठित र बलियो बनाउन साझा उम्मेदवारलाई जिताउनु आवश्यक रहेको निष्कर्ष सहित आफ्ना तर्फका उम्मेदवारहरुलाई मतदान गर्न अपिल गरेको हो ।

‘राष्ट्रिय सभा निर्वाचनका क्रममा हाम्रो गठबन्धनलाई कमजोर गर्ने विभिन्न गतिविधि हुन सक्छन्,’ अपिलमा उल्लेख छ, ‘यो निर्वाचन गठबन्धनलाई अझ संगठित र बलियो बनाउँदै देशमा राजनीतिक स्थायित्व थप सुनिश्चित गर्ने अवसर पनि हो। तसर्थ गठबन्धनका पक्षमा दृढतापूर्वक उभिन आवश्यक छ।’

Advertisement

गठबन्धनले संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको सुदृढीकरणका लागि आफूहरूले राजनीतिक गठबन्धन निर्माण गरेको भनिएको छ ।