May 21, 2024, Tuesday
२०८१ जेष्ठ ८
1:37:26 pm

एकीकृत समाजवादी कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

815

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) शंखरापुर नगरकमिटीको आयोजनामा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पार्टीका अध्यक्ष, पूर्वप्रधानमन्त्री तथा समाजवादी मोर्चा नेपालका संयोजक माधवकुमार नेपालको प्रमुख आतित्थ्यता तथा पार्टी महासचिव घनश्याम भुसालको विशेष आतित्थ्यतामा उक्त भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

एकीकृत समाजवादी शंखरापुरका अध्यक्ष श्याम कुमार वाईबाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा पार्टी पोलिट्ब्युरो सदस्य तथा काठमाडौँ २ का इन्चार्ज टहल बहादुर खड्का, केन्द्रीय सदस्य परमानन्द भट्ट, सुदेश पराजुली, गौतम राई त्यस्तै बागमती प्रदेश कमिटी सद्स्य कर्ण बहादुर कार्की, काठमाडौं जिल्ला कमिटी अध्यक्ष एल पि श्रेष्ठ, सचिव ध्रुबराज न्यौपाने काठमाडौं २ का अध्यक्ष रत्न लामा ,युवा संघका नेता नितेश पौडेल अनेरास्ववियुका नेता राजकुमार लामिछाने,अशोक थापालगायतका नेताहरूको उपस्थिति थियो ।

कार्यक्रममा क्षेत्रीय कमिटी, नगर कमिटी, वडा कमिटी तथा जनसंगठनका पदाधिकारीहरु एवम निर्वाचित जनप्रतिनिधिको उपस्थिति थियो। सो कार्यक्रममा पार्टी अध्यक्ष नेपाल र महासचिव भुसालले राजनीतिक प्रशिक्षण दिएका थिए। कार्यक्रमको सञ्चालन नगर कमिटीका सचिव सुवास आचार्यले गरेका थिए।

Advertisement