January 24, 2022, Monday
२०७८ माघ १०
1:37:26 pm

पुष ९ गते प्रचण्ड–माधव पक्षको बृहद् विरोध कार्यक्रम, यस्तो छ तयारी

1.8K

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले यही पुष ९ गते काठमाडौं केन्द्रीत बृहद जनप्रदर्शन तथा सशक्त विरोध प्रदर्शन गर्ने भएको छ । आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा बसेको केन्द्रीय संघर्ष समिति, उपत्यका संघर्ष समिति, बागमती प्रदेश कमिटी, सम्पर्क विशेष कमिटी तथा जनवर्गीय र पेशागत संगठनको संयुक्त विस्तारित बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले पश्चात संघर्ष समितिका सह–संयोजक योगेश भट्टराईले एक प्रेस विज्ञप्ति जारी गर्दै बृहद् प्रदर्शनका लागि विभिन्न तयारीका कार्यक्रम पनि सार्वजनिक गरेका छन् ।

जारी विज्ञप्ति अनुसार माघ ९ गते राजधानीमा हुने विरोध प्रदर्शनमा व्यापक सहभागितासहित जनअधिकार रक्षाका लागि ऐक्यवद्धता जाहेर गर्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, विभिन्न संघ र संगठन आव्हान पनि गरेको छ ।

Advertisement

आजको बैठकले माघ ९ गते राजधानीमा हुने विरोध प्रदर्शनको तयारीका लागि माघ ४, ५ र ६ गते प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका, वडा र शाखा कमिटी, सम्पर्क तथा जनवर्गीय संगठनका तहगत कमिटीका बैठक आयोजना गरी तयारीमा जुट्न पार्टी पंक्तिलाई निर्देशन गरेको छ ।

त्यसैगरी माघ ६, ७ र ८ गते पर्चा वितरण, कोणसभा, माइकिङ, साँस्कृतिक प्रचार सभा सहितका सिर्जनात्मक प्रचार कार्यक्रम गर्न पार्टी कमिटी तथा जनसंगठनहरुलाई निर्देशन गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।