काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले शासकले जनताको मुख थुन्दैमा सत्ता नटिक्ने अभिव्यक्ति दिएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको मुख थुन्न खोजेको बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डको शैली निरंकुतातर्फ जान खोजेको उनको टिप्पणी थियो । सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउँदैमा सत्तामा टिकिन्छ भन्ने नठान्न उनले चेतावनी दिए ।
मान्छेको मुख बन्द गरेर भन्दा धेरै मन जितेर सत्ता टिकाउन सकिने उनले बताए । उनले बने, ‘जनताको मन जितेर पो सत्ता टिक्छ त । मान्छेको मुख बन्द गरेर टिक्छ ?’
यस्तै, नेपालमा राजतन्त्र र समामन्तहरु फर्किने सम्भावना नरहेको उनले बताए । यदि कसैलाई राजतन्त्र फर्किन्छ भन्ने लागेको भए उक्त सपना नदेख्न समेत उनले चेतावनी दिए ।