January 18, 2022, Tuesday
२०७८ माघ ५
1:37:26 pm

कांग्रेसको १५ वर्षे परिकल्पनाको प्रारम्भिक खाका तय गर्न कार्यदल गठन

1.3K

काठमाडौं–नेपाली कांग्रेसको आगामी १५ वर्षे परिकल्पनाको प्रारम्भिक खाका तय गर्न कार्यदल बनाइएको छ।

पार्टी प्रवक्ता तथा सूचना, सञ्चार एवं प्रचार विभागका संयोजक विश्वप्रकाश शर्मालाई खाका बनाउने कार्यदलको संयोजक बनाइएको छ।कांग्रेसले सरकार सञ्चालन गरेको समयमा भएका कमि कमजोरी अध्ययन गर्ने कार्यदलको संयोजक डा. सुरेश आचार्य चयन भएका छन्।

रामचन्द्र घिमिरेलाई कांग्रेसको नेतृत्वको सरकारले गरेका हासिल राजनीतिक र सामाजिक उपलब्धि अध्ययन गर्न जिम्मेवारी दिइएको छ। कांग्रेसकै कारण नीति र नेतृत्वमा प्राप्त उपलब्धीको अध्ययन गर्न डा. संजय महतोलाई जिम्मेवारी दिइएको छ। कम्युनिष्ट सरकारको भनाइ र गराइ अध्ययन गर्न गोपाल कुमार झालाई संयोजक तोकिएको छ।

Advertisement