January 18, 2022, Tuesday
२०७८ माघ ५
1:37:26 pm

आज मन्त्रिपरिषद् बैठक बस्दै

500

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज दिउँसो ४ बजे बैठक बस्ने तयारी छ ।

बैठकमा समसामयिक विषयमा छलफल हुनेछ । आजको बैठकमा केही सरकारी नियुक्तिहरु पनि हुनसक्ने बताइएको छ ।

मन्त्रिपरिषद् बैठकमार्फत केही राजदूतहरुलाई फिर्ता बोलाउने प्रधानमन्त्री ओलीको तयारी छ । पार्टीमा राजनीतिक विभाजनपछि ओलीले प्रचण्डमाधव समूहमा रहेका राजदूतहरुलाई फिर्ता बोलाउने तयारी गरेका हुन् ।

Advertisement