November 28, 2023, Tuesday
२०८० मंसिर १३
1:37:26 pm

सर्प पालनमा मेरो कुनै लगानी छैनः झलनाथ

495

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले सर्प प्रकरणमा आफ्नो नाम मुछेर आलोचना गर्ने गरेको भन्दै आपत्ति जनाएका छन् । बुधवार काठमाडौंमा आयोजित नेपाल सर्ट फिल्म अवार्ड २०२३ मा बोल्दै उनले सर्प पाल्ने काममा आफ्नो कुनै लगानी नरहेको पनि स्पष्ट पारेका हुन् ।

आफू सर्लाही जाँदा सर्पको टोकाइका कारण मृत्युवरण गर्नुपरेको घटना देखेको हुँदा सर्पदंशका बिरामीलाई देशमै उपचार हुनुपर्ने र औषधि बन्नुपर्ने माग सम्बोधन गर्नका लागि आफूल्े आवाज उठाएको उनको स्पष्टिकरण थियो ।

उनले नाम अर्कैले राखेको तर आफूलाई ७३ करोड भन्ने गरिएको बताए । उनले भने, ‘मलाई शंका लाग्दालाग्दै पनि ‘ल ठिक छ राख्नुस्’ भनेर मेरो नाममा राख्नुभयो । त्यो नाम राखेर उहाँहरुले के के गर्नुभयो ? म त राजनीतिक मान्छे, म राजनीतिलाई पेशा, व्यवसाय, कमाउ, धमाउ मान्दिन । कतिपयले त्यसो गर्ने गर्छन्, ति अपराधी हुन् । राजनीति भनेको जनसेवाको कदम हो । जनसेवाको लागि कसैले पनि राजनीति गर्छ भने जनता र देशको सेवाका लागि गर्नुपर्छ । त्यो राजनतिलाई अरु कुनै बनाउने हो भने त व्यापार गरे भइगयो नि । उद्योग खोलेर बसे हुन्छ । त्यो क्षेत्रमा मैले जो नाम दिएँ, ठिक गरेँ की गरिनँ भन्ने थियो पछि त विवाद शुरु भयो । यहाँ त ७३ करोड पैसा ल्याइयो । ७३ करोड पैसा ल्याएर झलनाथले सर्प पाल्दैछ भन्छन्, मान्छेहरु कमेन्टमा सर्प लेखेर बस्छन्, तिनीहरुको पेशा नै त्यही जस्तो लाग्छ । त्यसमा मेरो न कुनै लगानी छ, न कुनै अरु पेशा व्यवसाय छ । मेरो विशुद्ध यो देशमै औषधि बनोस् भन्ने इच्छा हो, अहिले विवादग्रस्त भएछ । अख्तियारमा समेत पुगेछ । म सर्प पाल्दिन । भैँसी, बाख्रा पाल्न छोडेँ ।’

Advertisement

उनले साहित्य, कला र संस्कृति समाजको शक्ति भएको बताउँदै कला, साहित्य र संस्कृतिको विकास नहुने देश बलियो र समृद्ध नहुने जिकिर गरे ।