March 18, 2025, Tuesday
२०८१ चैत्र ६
1:37:26 pm

केपी पक्षका मुख्य मन्त्री शेरधन सहित आठ जनालाई कार्वाही गरेको अर्को पक्षको घोषणा

1.8K

काठमाडौँ – नेकपा प्रदेश-१ प्रचण्ड नेपाल-समूहको संसदीय दलले मुख्यमन्त्री शेरधन राईसहितका आठ जनालाई सांसद पदबाट निलम्बन गरेको घोषणा गरेको छ । प्रचण्ड-नेपाल समूहले विज्ञप्तिमार्फत उनीहरुलाई तीन महिनासम्म प्रदेशसभाको कुनै पनि गतिविधिमा सहभागी हुन नपाउने गरी निलम्बन गरेको जानकारी गराएको हो । 

निलम्बनमा पर्नेमा मुख्यमन्त्री राईसहित भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, न्याय प्रशासन तथा विधायन समिति सभापति इन्द्रमणि पराजुली, अम्बिका थापा र विमल कार्की रहेका छन। 

दलको कुनै पनि बैठकमा उपस्थित नभएर पार्टी र सरकारको हित विपरीत गतिविधिमा संलग्न रहेकाले उनीहरुलाई कुनै पनि गतिविधिमा संलग्न नहुने गरी नेकपाको संसदीय दलको विधान २०७६ बमोजिम तीन महिनाका लागि निलम्बन गरेको विज्ञप्तिमा उल्लेख छ । 

Advertisement