December 3, 2023, Sunday
२०८० मंसिर १७
1:37:26 pm

कांग्रेस संसदीय दलले शिक्षा विधेयकबारे सरोकारवालासँग छलफल गर्ने

465

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकबारे सरोकारवालासँग छलफल गर्ने भएको छ । छलफल दिउँसो १ बजे संघीय संसद भवनको ल्होत्से हलमा आज र भोलि बस्ने बताइएको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकको नेतृत्वमा शिक्षक प्रतिनिधिहरूसँग गर्ने छलफलका लागि नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर, नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरी, राहत शिक्षक समितिका अध्यक्ष खेमराज अधिकारी, बाल विकास शिक्षक समितिकी अध्यक्ष कृष्णकुमारी मगर, नेपाल विद्यालय कर्मचारी परिषद अध्यक्ष गंगाराम तिवारी, नेपाल विद्यालय कर्मचारी संघका अध्यक्ष शशी केसीलाई बोलाइएको छ ।

यस्तै पेन्सनबाट बञ्चित शिक्षक समाजका अध्यक्ष सुदिप प्रसाद जोशी, माध्यमिक विद्यालय शिक्षक युनियनका अध्यक्ष टिकाप्रसाद न्यौपाने, प्याव्सन अध्यक्ष डिके ढुंगाना, एन प्याब्सनका अध्यक्षका पाण्डव हमाल, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपालका अध्यक्ष रमेश सिलवाल, सामुदायिक विद्यालय व्यवस्थापन समिति, महासंघका अध्यक्ष गुणराज मोक्तान, नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघका अध्यक्ष भोला चालिसे, प्राविधिक शिक्षक एसोसियसन नेपालका अध्यक्ष केदारनाथ दाहाल र स्थायी शिक्षक हकहित मञ्चका अध्यक्ष रमेश बाबु भट्टराईलाई बोलाएको छ ।

Advertisement

यस्तै कांग्रेसले नगरपालिका महासंघका अध्यक्ष भीम ढुंगाना र गाउँपालिका राष्ट्रिय महासंघ सल्लाहकार लेखनाथ पोखरेललाई पनि छलफलमा बोलाएको छ । कांग्रेस संसदीय दलले पार्टीका सांसद र केन्द्रीय सदस्यलाई पनि छलफलमा आमन्त्रण गरेको छ ।