September 22, 2023, Friday
२०८० आश्विन ५
1:37:26 pm

वडा तहको नेतृत्व चयनका लागि निर्वाचन गर्दै रास्वपा

325

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वडा तहको समितिको नेतृत्व चयनका लागि निर्वाचन गर्ने भएको छ । रास्वपाले कात्तिक १० देखि १६ सम्म निर्वाचन मार्फत नेतृत्व चयन गर्न लागेको हो ।

रास्वपाले असोज २ देखि २० सम्म उम्मेदवार दर्ताका लागि आह्वान गरेको छ । कार्यसमितिमा चयन हुनेहरुको नामावली कात्तिक २० गते सार्वजनिक गर्ने जनाइएको छ ।

रास्वपाको वडा समितिमा ११ जना हुने व्यवस्था छ । सभापति, उपसभापति, सचिव सहित सबै सदस्य निर्वाचित हुनुपर्नेछ । ११ जनामा दलित एक जना अनिवार्य गरिएको छ । महिला चार जना, ४५ वर्षुमनि उमेर समूहका ६ जना निर्वाचित हुनेछन् ।

Advertisement

वडा तहको समितिका लागि समेत अनलाइनबाट उम्मेदवारी दिनुपर्ने व्यवस्था गरिएको रास्वपाले जनाएको छ । उम्मेदवार हुन १०० रुपैयाँ शुल्क तोकिएको छ ।