काठमाडौं । सभामुख देवराज घिमिरे आयरल्यान्ड प्रस्थान गरेका छन् । तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सभामुख घिमिरे आइतबार बेलुकी आयरल्यान्डको औपचारिक भ्रमणमा निस्किएका हुन् ।
सभामुख घिमिरे असोज ५ गतेसम्म आयरल्यान्डमा रहने संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जनाएा छन् । भ्रमण टोलीमा सभामुख घिमिरे, प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेय र सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई छन् ।
सभामुख घिमिरे आयरल्याण्डको तल्लो सदनका सभामुखको निमन्त्रणामा औपचारिक भ्रमणमा गएका हुन् ।