काठमाडौं । संविधानसभा अध्यक्ष, प्रतिनिधि सभाका सांसद तथा नेकपा एमाले संसदीय दलका उपनेता नेम्बाङको निधनमा प्रतिनिधि सभाको बैठकले शोक प्रस्ताव पारित गरेको छ । बिहीबार बसेको बैठकले शोक प्रस्ताव पारित गरेको हो ।
सभामुख देवराज घिमिरेले नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरिएको जानकारी गराएका छन् । ‘शोक प्रस्ताव सर्वसहमतिले पारित भएको घोषणा गर्दछु,’ उनले भने ।
बैठकमा नेम्बाङको निधनमा सांसदहरूले एक मिनेट मौनधारणसमेत गरेका थिए ।
नेम्बाङको गत सोमबार राति निधन भएको थियो । ७१ वर्षीय नेम्बाङलाई हृदयघात भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पु¥याइएको थियो । अस्पताल पु¥याउने बित्तिकै उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
नेम्बाङको बिहीबार पशुपति आर्यघाटमा राजकीय सम्मानसहित हिन्दु र लिम्बू परम्पराअनुसार अन्त्येष्टि गरिएको छ ।