April 22, 2026, Wednesday
२०८३ बैशाख ९
1:37:26 pm

नयाँ नक्साबारे चीनलाई पत्राचार गरेको रेकर्ड नभएटिएको परराष्ट्रमन्त्री साउदको भनाइ

1.3K

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले नयाँ नक्साबारे चीनलाई जानकारी दिएको रेकर्ड नभेटिएको बताएका छन् । प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबारको बैठकमा मन्त्री साउदले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा मन्त्रालयका सम्बन्धित महाशाखामा खोज्दा पत्राचारको रेकर्ड नभेटिएको बताएका हुन् ।

२०७७ जेठ ७ मा जारी नक्सालाई प्रतिनिधिसभाले २०७७ जेठ ३१ गते सर्वसम्मतिले पारित गरी संविधानको अनुसूचीमा राखेपछि चीनलाई त्यसबारे पत्राचार गराइएको पत्र नभेटिएको मन्त्री साउदको भनाइ छ । ‘नक्सा जारी भइसकेपछि मन्त्रालयको दक्षिण एसिया र उत्तर पूर्व महाशाखामा त्यस्तो करेस्पोन्ड खोज्दाखेरि नपाएको कुरा विनम्र अनुरोध गर्दछु । पत्राचार गरिएको जानकारी आएमा म खुसी हुनेछु’, मन्त्री साउदले भने ।

भारतले मिचेका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा जारी गर्दा एमालेबाट प्रदीप ज्ञवाली परराष्ट्रमन्त्री थिए । संसदीय समितिले त्यस्तो नक्साबारे अन्य राष्ट्रहरूलाई जानकारी गराइएको छ कि छैन भनेर परराष्ट्रमन्त्री साउदलाई बोलाएको हो । तत्कालीन परराष्ट्रमन्त्री ज्ञवालीले पत्राचार गरिएको दाबी गरेको विषय पनि संसदीय समितिमा उठेको छ ।

Advertisement