April 11, 2026, Saturday
२०८२ चैत्र २८
1:37:26 pm

मुख्यमन्त्री उद्धव थापाविरुद्ध रिट निवेदनको बहस आज पनि जारी

1.2K

काठमाडौँ । असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा प्रतिवादीको बहस आज पनि जारी रहने भएको छ ।

निवेदक पक्षको बहस सकिएपछि प्रतिवादीको बहस सुरु भएको थियो ।

mostbet

यस मुद्दाउपर सर्वोच्च अदालतका न्यायाधीशत्रय सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा निरन्तर सुनुवाइ भइरहेको छ ।

Advertisement

मुख्यमन्त्री थापाले संविधान विपरीत विश्वासको मत लिएको भन्दै पूर्व मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

विश्वासको मत लिँदा प्रदेशसभाको अध्यक्षता गरेका ज्येष्ठ सदस्यले समेत मत दिएको भन्दै सभाध्यक्ष गर्नेलाई मतदानको अधिकार नरहेको दाबी रिट निवेदनमा गरिएको हो ।