April 22, 2026, Wednesday
२०८३ बैशाख ९
1:37:26 pm

भ्रष्टाचारविरोधी अभियानमा सम्झौदा गर्ने छैनौं: गृहमन्त्री

1.4K

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरोधी अभियानमा सम्झौदा नगरी अगाडि बढ्ने बताएका छन् । भ्रष्टाचारविरोधी कतिपय कदम चाल्दा अप्ठ्याराले आफूहरुलाई समस्या पारेको भन्दै यश मिसनमा सम्झौता नगर्ने उनले बताएका हुन् ।

चितवनको सामुदायिक रेडियो माडीको १३औँ वार्षिकोत्सव समारोहलाई बुधबार माडीमा सम्बोधन गर्दै उनले भने, हाम्रो मिसन र ध्ययमा हामी सम्झौता गर्ने छैनौं ।’

मन्त्री श्रेष्ठले ‘सरकार तथा गृहमन्त्री दृढताका साथ टिक्छन् त ?’ भन्ने चिन्ता र चासो आम जनसमुदायमा रहेको आफूले अनुभूति गरेको भन्दै मन्त्री यस बीचमा भएका कतिपय घटनाक्रमले जनसमुदायमा चासो बढाउनु स्वाभाविक भए पनि सरकार भ्रष्टाचारविरोधी अभियानमा प्रतिबद्ध रहेको उल्लेख गरे ।

Advertisement

‘यो मेरो मात्रै नभइ सरकारको पनि संकल्प हो । यस अभियानलाई विश्राम लिने छैनौँ ।’ उनले यस अभियानलाई देशका सबै बुद्धिजीवी, नागरिक समाजले साथ दिइरहेको भन्दै सबैप्रति आभार व्यक्त गरे ।

उनले सरकारी जग्गा, सुन तस्करी र शरणार्थी प्रकरणका अपराधी तथा तस्करलाई कानुनको कठघरामा उभ्याएरै छोड्ने दृढता व्यक्त गरे ।