धरान । नेकपा (माओवादी केन्द्र) धरान वडा नं. ७ कमिटिले भुवनराज मोक्तान स्मृति पार्क’ को सरसफाइ गर्ने भएको छ ।
मंगलबार शान्तिपथस्थित देवहाङ राईको घरमा बसेको बैठकले भदौ १६ गते पार्कको सरसफाई गर्ने निर्णय गरेको हो ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अजम्बर काङबाङ राईका अनुसार ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ अनुसार ‘भुवनराज मोक्तान स्मृति पार्क’ को सरसफाइ गरेर गरिने भएको हो ।