September 22, 2023, Friday
२०८० आश्विन ५
1:37:26 pm

धनगढीमा समाजवादी मोर्चाको सन्देश सभा आयोजना हुँदै

480

धनगढी । समाजवादी मोर्चा नेपालले आज र धनगढीमा सन्देश सभाको आयोजना गर्ने भएको छ ।

सन्देश सभालाई मुख्य गरी मोर्चामा रहेका चार दलका नेताहरूले सम्बोधन गर्ने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव र जसपा सुदूरपश्चिम प्रदेश इन्चार्ज गोविन्द चौधरीले सम्बोधन गर्ने भएका हुन् ।

मोर्चाले सातै प्रदेशमा सन्देश सभा गर्ने भएको छ । सम्बोधनका क्रममा नेताहरूले समसामयिक विषयमा आफ्नो र मोर्चाको धारणा राख्दै आएका छन् ।

Advertisement