September 26, 2023, Tuesday
२०८० आश्विन १०
1:37:26 pm

चौथो महाधिवेशन भएको स्थानमा एमाले सचिवालय वैठक बस्दै

480

सिरहा । नेकपा एमालेको सचिवालय बैठक आज सिरहाको धनगढीमाई नगरपालिका–४, सर्रे अम्वास (विष्णुपुरकट्टी)मा बस्नेभएको छ । एमाले मधेस प्रदेश इन्चार्ज एवं केन्द्रीय सचिव योगेश भट्टराईका अनुसार त्यहाँ बैठक बस्ने भएको हो ।

मिसन ग्रासरुट अभियानको समीक्षा गर्नुको साथै केन्द्रीय कमिटी बैठकको मिति तोक्ने जनाएको छ ।

अम्वासमा २०४६ मा भएको एमालेको चौथो महाधिवेशनबाट मदन भण्डारीलाई महासचिव चयन भएका थिए । एमालेको ऐतिहासिक स्थान भएकाले सो ठाउँमा पार्टीको सचिवालय बैठक राखिएको हो । सो महाधिवेशनले राज्य व्यवस्था पनि बहुदलीय प्रतिस्पर्धामा आधारित हुन्छ भने नीति पास गरेको थियो ।

Advertisement

एमालेले माक्र्सवाद, लेलिनवादलाई दर्शन सिद्धान्तको रूपमा सो महाधिवेशनले पास गरेको र पञ्चायती व्यवस्थाको अन्त्यका लागि संयुक्त मोर्चा बनाएर जानुपर्ने निर्णय पनि गरेको थियो । संयुक्त मोर्चाका कारण पञ्चायती व्यवस्थाको अन्त्य भएकाले अम्वास एमालेका लागि ऐतिहासिक ठाउँ रहेको भट्टराईले जानकारी दिए ।

कम्युनिस्ट आन्दोलनको ७५ वर्ष पुगेको उपलक्ष्यमा चौथो महाधिवेशनमा सहयोग गर्ने स्थानीयलाई सचिवालयको बैठकले सम्मान पनि गर्ने भएको छ ।

यस ठाउँमा मदन भण्डारी नामको एउटा स्कुल समेत रहेको छ । जसका लागि १८ कट्टा जमिन पनि पार्टीले खरिद गरेको हो ।