December 10, 2023, Sunday
२०८० मंसिर २४
1:37:26 pm

ललिता निवास प्रकरणमा माधव नेपाललाई फसाउने षड्यन्त्र भयो: मन्त्री ज्वाला

655

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ललिता निवास जग्गा प्रकरणमा पार्टी माधवकुमार नेपाललाई फसाउने षड्यन्त्र भएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी अध्यक्ष नेपालले भ्रष्टाचार गर्‍यो भनेर संसारमा कसैले पनि नपत्याउने बताएका हुन् ।

मन्त्री ज्वाले भने, ‘ललिता निवास जग्गा काण्डमा हाम्रो पार्टीका अध्यक्षलाई फसाउने प्रयास भएको छ । माधव नेपालले भ्रष्टाचार गर्‍यो भनेर यो दुनियाँमा कसैले पत्याउँछ ?’

उनले समकालीन नेताहरुमध्ये सबैभन्दा स्वच्छ छविको नेता नेपाल नै रहेको उनको दाबी थियो । मन्त्री ज्वालाले भ्रष्टाचारको सवालमा राष्ट्रको ढुकुटीमाथि कोल्टे नजर लगाउने हिसावले माधव नेपाललाई कसैले प्रश्न उठाउन नसक्ने बताए । ‘भ्रष्टाचारको सवालमा राष्ट्रको ढुकुटीमाथि कोल्टे नजर लगाउने हिसावले माधव नेपाललाई कसैले प्रश्न उठाउन सक्दैन,’ उनले भने ।

Advertisement

मन्त्री ज्वालाले अदालतले दोषी साबित गरे पनि वा ओभरसाइट एजेन्सीहरुले भने पनि त्यसलाई जनताले नपत्याउने बताए । उनले भने,  ‘हामी जुनसुकैले निर्णय गरेपनि त्यसको च्यालेन्ज गर्न तयार छौँ । अदालतले बोलोस्, अरु कसैले बोलोस्, ओभरसाइट एजेन्सीहरुले बोलुन्, त्यसलाई जनताले पत्याउँदैनन् ।’