January 13, 2025, Monday
२०८१ माघ १
1:37:26 pm

सुशासनका लागि प्रमुख राजनीतिक दलहरु मिलेर अगाडि बढ्नुपर्छः केपी ओली

1.3K

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आर्थिक विकास र सुशासनका लागि प्रमुख राजनीतिक दलहरु मिलेर अगाडि बढ्नुपर्ने बताएका छन् । शुक्रबार मोरङको विराटनगरमा आयोजित पत्रकार भेटघाटमा ओलीले प्रमुख जिम्मेवार राजनीतिक दलहरु मिलेर जिम्मेवारीवोधका साथ अगाडि बढ्नुपर्ने बताएका हुन् ।

प्रणालीको रक्षा, त्यसको विकास, संविधानको रक्षा र कार्यान्वयन, अनियमितता, वेथिति, भ्रष्टाचार, तस्करी नियन्त्रण र आर्थिक विकासका लागि प्रमुख राजनीतिक दलहरु मिल्नुपर्ने र आफ्नो मान्यता सधैं त्यही भएको उनले बताए ।

Advertisement