January 21, 2025, Tuesday
२०८१ माघ ८
1:37:26 pm

अधिकार माग्दा थुनिएका थारूलाई उन्मुक्ति दिनुपर्ने सांसद चौधरीको माग

1.1K

काठमाडौं । नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले अधिकार माग्दा थुनिएका थारूलाई उन्मुक्ति दिनुपर्ने बताएका छन् । सांसद चौधरीले अधिकार माग्दा थुनिएका थारुहरुलाई जेलमुक्त गर्नुपर्ने र फरार घोषणा गरिएकाहरूलाई उन्मुक्ति दिनुपर्ने माग राखेका हुन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद चौधरीले भने, ‘आज भाद्र ७ गते, टिकापुर घटनाको आठ वर्ष बितेको छ । अहिले धेरै थारुहरु जेल जीवन बिताइरहेका छन्, अरु केही देशभित्र र बाहिर लुकीछिपी बसिरहेका छन् । म सबै थारुहरुलाई उन्मुक्तिका लागि आग्रह गर्दछु । किनकि थारु आन्दोलन विशुद्ध राजनीतिक आन्दोलन थियो ।’

थारुहरूले राज्यबाट भएको दमन र विभेदकाविरुद्ध आवाज उठाएर अधिकार माग्दा भएको घटनालाई सरकारले अपराधीकरण गर्ने प्रयास गरेको भन्दै भने, ‘थारुहरुले आफ्नो हक, अधिकार र पहिचानको लागि आन्दोलन गरेका थिए । त्यसलाई त्यहीरुपमा बुझ्नु आवश्यक छ । त्यसकारण थारुहरुले अहिले पनि राज्यबाट दमन र विभेद भोगिरहेका छन्, यसको समाधान भनेको राज्यले थारुलाई अधिकार दिनु हो कि फेरि थारुहरु जुर्मुराएर आन्दोलनमा उत्रिनुपर्ने हुन्छ । त्यसकारण थारुहरुलाई जेलमुक्त गरियोस् ।’

Advertisement