काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । बैठक ललितपुरको बालकुमारीस्थित एक पार्टी प्यालेसमा जारी छ ।
बैठकमा पछिल्लो विकसित परिस्थितिमा पार्टीको भूमिका तथा सङ्गठन निर्माणमा भएका गतिविधिबारे मातहतका कमिटीले केन्द्रलाई प्रतिवेदन प्रस्तुत गर्नेछन् भने अध्यक्ष माधवकुमार नेपालले यसअघि बसेका सचिवालय, स्थायी र पोलिटब्युरो सदस्यहरूले दिएको सुझावका आधारमा वैचारिक राजनीतिक प्रतिवेदन पेस गर्नेछन् ।
त्यस्तै महासचिव घनश्याम भुसालले सांगठानिक प्रतिवेदन पेस गर्नेछन् । दुवै प्रतिवेदनमाथि छलफल गरेर पारित गरेपछि बैठकले महाधिवेशनको मिति तोक्ने छ ।