December 3, 2023, Sunday
२०८० मंसिर १७
1:37:26 pm

संसद अवरोध अन्त्य गर्ने विषयमा सहमति नजिक पुगेका छौं: प्रधानमन्त्री प्रचण्ड

515

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको अवरोध अन्त्य गर्ने विषयमा सहमति नजिक पुगेको बताएका छन् । मंगलबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा बोलाएको सर्वदलीय बैठकमा उनले सो कुरा बताएका हुन् ।

निरन्तर छलफलमा रहेको र संसद सुचारु गर्ने सहमतिको करिब करिब नजिक पुगेको उनले बताए ।

उनले संसद् सुचारु होस् र यसमा राजनीतिक दलहरुको बीचमा समझदारी बनोस् भनेर राष्ट्रपतिबाट व्यक्त शुभेच्छा सकारात्मक रहेको पनि बताए ।

Advertisement