November 28, 2023, Tuesday
२०८० मंसिर १३
1:37:26 pm

जनमत पार्टीका अनितादेवी इन, अमनलाल मोदी आउट

920

काठमाडौं । जनमतलाई सरकारमा सहभागी गराउन नेकपा माओवादी केन्द्रले आफ्ना नेता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउँदै जनमत पार्टीकी अनिता देवीलाई सिफारिस गरेको छ ।

उनले सोमबार पद तथा गोपनीयताको शपथ लिने भएकी छन् ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार सोमबार विहान १० बजे मन्त्रीले शपथ ग्रहण गर्ने गरी तयारी भएको छ ।

Advertisement

अब जनमतकी अनिता देवीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय नै पाउने वा अरु कुनै मन्त्रालय पाउने भन्ने तय भएको छैन ।