December 10, 2023, Sunday
२०८० मंसिर २४
1:37:26 pm

आदिवासीहरुको मागप्रति जनमत पार्टीको ऐक्यबद्धता

1.2K

काठमाडौं । जनमत पार्टीले आदिवासी जनजातिहरुको मागप्रति ऐक्यबद्धता जनाएको छ । डा चन्द्रकान्त राउत (सिके राउत) नेतृत्वको पार्टीका नेताहरुले विश्व आदिवासी दिवसको अवसर पारेर बुधबार दिउँसो काठमाडांैको माइतीघर मण्डलामा भेला भई आदिवासी, जनजातिहरुले सरकारसँग राखेका मागप्रति ऐक्यबद्धता जनाएका हुन् ।

पार्टीका प्रवक्ता डा शरदसिंह यादवले आफ्नो पार्टी पनि आदिवासी, जनजाति, मधेसी समुदाय र पिछडिएका समुदायहरुको हक, अधिकारका लागि लड्ने भएकाले त्यसमा ऐक्यबद्धता जनाउन माइतीघर मण्डलामा भेला भएको बताए ।

प्रवक्ता यादवले आदिवासी जनजातिहरूको भावनामा चोट पुग्ने कुनै पनि गतिविधि नगर्न पनि सबैलाई आह्वान समेत गरे ।

Advertisement