December 10, 2023, Sunday
२०८० मंसिर २४
1:37:26 pm

ओली मेरै कार्यकर्ता बन्न सक्ने सम्भावना छ: मेटमणी चौधरी

1K

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले नेकपा एमाले अध्यक्ष ओली एकीकृत समाजावादीको कार्यकर्ता बन्न सक्ने बताए । उनले आफ्नो पार्टी एमालेसँग नमिल्ने बरु ओली एकीकृत समाजावादीको कार्यकर्ता बन्नसक्ने सम्भावना रहेको अभिव्यक्ति दिएका हुन् ।

मंगलबार सांसद भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘भोलि ओली मेरै कार्यकर्ता बन्न सक्ने पनि सम्भावना छ । राजनीतिमा असम्भव भन्ने कुरा के हुन्छ ? ओली मेरो मेरो कार्यकर्ता बने भने तपाईँहरु कसैले अनौठो मान्न पर्दैन ।’

Advertisement