November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

राष्ट्रिय सभाको बैठक अवरोध, बैठक बुधबारसम्मका लागि स्थगित

1.6K

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सोमबार पनि राष्ट्रिय सभाको बैठक अवरोध गरेको छ ।सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै आएको एमालेका सांसदहरूले बैठकको सुरुवातमै आफ्नो सिटबाट उठेर विरोध गरेका हुन्।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बसेर बैठकको कारबाही अघि बढाउन आग्रह गरेका थिए । तर एमाले सांसदहरु उठिरहेपछि राष्ट्रिय सभाको बैठक बुधबार सम्मका लागि स्थगित गरिएको छ ।

सुन प्रकरणमा प्रहरीले छानबिन गरिरहेको भएपनि तर एमालेले भने उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै संसद् अवरोध गर्दै आएको छ ।

Advertisement