काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय विभागमा सदस्य बन्न स्नातकोत्तर गर्नुपर्ने भएको छ ।
रास्वपा केन्द्रीय समिति बैठकले केन्द्रदेखि पालिकासम्म विभागमा रहने सदस्यहरुको योग्यता निर्धारण गरेको हो ।
केन्द्रीय विभागको सदस्यका लागि स्नातकोत्तर तह उत्तीर्ण र सम्बन्धित विषयमा १० वर्षको अनुभवसहित असाधारण सफलता हासिल गरेको हुनुपर्ने रास्वपाको निर्णयमा उल्लेख छ ।
केन्द्रीय विभागको सदस्य र प्रदेश विभागको प्रमुखको बराबर योग्यता तोकिएको महामन्त्री डा. मुकुल ढकालले बताए । यस्तै मापदण्डमा पालिका तहको विभागीय प्रमुखका लागि स्नाताक तह उत्तीर्ण गरेको अथवा सम्बन्धित विषयमा ५ वर्ष काम गरेको हुनुपर्ने उल्लेख छ ।
पालिकाको सदस्यका लागि भने कम्तिमा कक्षा १२ उत्तीर्ण हुनुपर्नेछ ।