September 25, 2023, Monday
२०८० आश्विन ८
1:37:26 pm

गौर हत्याकाण्डबारे रौतहटमा आइतबार प्रर्दशन

660

रौतहट । गौर हत्याकाण्डका दोषीहरुलाई पक्राउ गरी कानुनी कारबाही गर्न माग गर्दै रौतहटमा आइतबार प्रर्दशन भएको छ ।

२०६३ चैत्र ७ गते मधेशी जनअधिकार फोरम र माओवादीबीच सदरमुकाम गौरमा झडप हुदाँ माओवादीका २७ कार्यकर्ताले ज्यान गुमाउनु परेको थियो ।

गौर काण्ड भएको १७ वर्षसम्म पनि न्याय नपाएको भन्दै प्रभु साह नेतृत्वको आम जनता पार्टीले आइतबार रौतहटमा मोटरसाइकल ¥याली निकालेर विरोध प्रदर्शन गरेका हो ।

Advertisement

पीडित परिवारका सदस्यहरू सहभागी सो प्रर्दशनमा प्रर्दशनकारीहरुले हाल जसपाका अध्यक्ष रहेका तत्कालीन मधेशी जनअधिकार फोरमका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको योजनामा उक्त हत्याकाण्ड भएकोले उनलाई तत्काल पक्राउ गर्नुपर्ने माग गरेका छन् । अध्यक्ष यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरीसमेत दर्ता रहेको छ ।