काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबीच एकीकरण हुने भएको छ । दुई पार्टीबीच आइतबार जनकपुरमा एक कार्यक्रमको आयोजना गरी एकीकरण हुने बताइएको छ ।
रेशम चौधरीले स्थापना गरेको नाउपा र रामकुमार महतो अध्यक्ष रहेको सद्भावानाबीच केही दिनदेखि एकीकरणको विषयमा छलफल चलिरहेको थियो । दुई पक्षबीच सहमति भएपछि एकीकरणको घोषणा गर्न लागिएको हो । अर्को महाधिवेशनसम्म नागरिक उन्मुक्ति पार्टीको नाम, झण्डा, चुनाव चिन्ह, विधानलाई स्वीकार गरेर सद्भावना पार्टीले एकीकरण गर्न लागेको हो ।
एक वर्षपछि एकताको महाधिवेशन गर्ने र त्यसमा छलफल गरेर नाम र पार्टीको झण्डालगायतको विषय टुङ्गो लगाउने दुई पक्षको बीचमा सहमति भएको छ ।