September 26, 2023, Tuesday
२०८० आश्विन १०
1:37:26 pm

सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच छलफल

580

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच छलफल भएको छ। शनिबार मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक राजनीतिक विषयमा नेताहरूबीच छलफल भएको हो ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेसका उपसभापति तथा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का साथै कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र नेता कृष्णप्रसाद सिटौला सहभागी थिए।

प्रधानमन्त्री निवास बालुवाटारमा नेताहरूबीच भएको छलफलमा कोशी प्रदेशको सरकार गठन लगायत समसामयिक विषयमा अनौपचारिक छलफल भएको छ ।

Advertisement

सर्वोच्च अदालतले कोशी प्रदेशमा कांग्रेसका उद्धव थापाको मुख्यमन्त्रीमा नियुक्ति असंवैधानिक भएको भन्दै खारेज गरेपछि पुन: सरकार गठनको प्रक्रिया अघि बढाउन भनिएको छ।