February 12, 2026, Thursday
२०८२ माघ २९
1:37:26 pm

एकीकृत समाजवादी प्यूठान जिल्ला अध्यक्ष डा. बुढालाई युवा संघ नेपालद्वारा सम्मान

1.6K

काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी) प्यूठान जिल्ला अध्यक्ष डा. भोजविक्रम बूढा मगर सम्मानित भएका छन् । उनलाई युवा संघ नेपाल जिल्ला कमिटी प्युठानले सम्मान गरेको हो  ।

पिछडिएको क्षेत्रको जनजाति समुदाय उच्च शिक्षामा पनि विज्ञताको सूचक मानिने विद्यावारिधि सम्मको अध्ययन पूरा गरेको भन्दै प्यूठान नगरपालिका ४ जुम्री प्युठानमा आयोजित एक कार्यक्रमका माझ डा. मगरलाई सम्मान गरिएको हो । 

कार्यक्रममा  प्रमुख अतिथि नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजकुमार कक्षपति तथा खेम सुनार, पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य दिपेन्द्र बिएमसहितका वक्ताहरूले ‘जनजातिका छोराहरू कि भर्तीमा कि भट्टीमा भेटिन्छन् भन्ने कुरालाई भोजविक्रमले मिथ्या सावित गरिदिएको धारणा राखेको नेकपा एकीकृत समाजवादी का प्यूठान जिल्ला सचिवालय सदस्य झविलाल राहु मगरले बताए ।

Advertisement

उनको उच्च शिक्षाको खुड्किलोले जनजातिका छोराहरूमा पनि ज्ञानको क्षितिज हाँक्नु पर्छ भन्ने चेतना सञ्चार भइरहेको छ वक्ताहरूले बताए । 

कार्यक्रमको अध्यक्षता युवा संघ नेपालका प्यूठान जिल्ला अध्यक्ष  कमल घर्ती मगरले गरेका थिए । कार्यक्रम सञ्चालन जिल्ला कमिटी सचिवालय सदस्य राजन घर्ती मगरले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य अशोक बूढा मगरले गरेका थिए ।