February 9, 2026, Monday
२०८२ माघ २६
1:37:26 pm

काँग्रेस महामन्त्री शर्माको स्पष्टीकरण: ‘हामी पुस ११ मा पोखरा गएका हौं’

1.3K

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पुस ११ मा पोखरा गएको स्पष्ट पारेका छन् । पुस १० मा गठबन्धन भत्किँदै गर्दा दुई महामन्त्री पोखरा गएर आफ्नो जिम्मेवारी पूरा नगरेको आरोप आइरहेपछि पुस ११ मा पोखरा गएको स्पष्ट पारेका हुन् ।

महामन्त्री शर्माले भने, ‘पुस १० मा गएका होइनौं । पोखराको कार्यक्रम पुस ११ मा थियो । हामी दुई भाइलाई लिट्रेचर फेस्टिबलमा बोल्न बोलाइएको थियो । हामी बोल्न गयौं ।’

पार्टी बैठकमा बोल्ने क्रममा केही केन्द्रीय सदस्यले महामन्त्री त्यो बेला पोखरा गएको बताएका थिए । त्यसको जवाफ दिने क्रममा शर्माले गठबन्धन टुटेको अर्को दिन पोखरा गएको बताएका हुन् ।

Advertisement