September 25, 2023, Monday
२०८० आश्विन ८
1:37:26 pm

काँग्रेस सभापति र महामन्त्रीहरूलाई खुइल्याउने प्रतिस्पर्धा नै चलेको छ: राजिव

800

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिव ढुंगानाले सभापति र महामन्त्रीहरूलाई खुइल्याउने प्रतिस्पर्धा नै चलेको बताए। शुक्रबारको केन्द्रीय समितिमा बोल्दै उनले यस्तो बताएका हुन् ।

ढुंगानाले भने, ‘अहिले हामी खुइल्याउने प्रतिस्पर्धामा छौं, सभापतिलाई खुइल्याउन पाए सबैभन्दा ठूलो कांग्रेस हुन पाइन्छ भनेझैं गरी खुइल्याउँछौं । पदाधिकारी र महामन्त्रीलाई खुइल्याउन व्यस्त छौं। ए महामन्त्रीहरू तिमीहरू अर्काको आलोचना गरेर स्थापित हुने भनेर खुइल्याउन लागेका छौं।’

‘पार्टीका सबै नेतालाई खुइल्याएर २०८४ को चुनावमा मुख्यसचिव र सचिवको नेतृत्वमा चुनाव लड्न जाने हो?’, उनको प्रश्न थियो ।

Advertisement

उनले पार्टीभित्र रूपान्तरण आवश्यक भए पनि जिल्ला-जिल्लामा हुने रूपान्तरणका अभियान महाधिवेशन तयारीका लागि गरिएकोजस्तो देखिएको बताए।