काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको सचिवालय बैठक आज पनि बस्दै छ । किर्तिपुरस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा शुक्रबारदेखि सुरु भएको बैठकमा सातवटा कार्यसूचीमा आधारित भएर छलफल भइरहेको छ ।
शनिबार केही समय चलेर स्थगित भएको बैठक आज बिहान १० बजेबाट सुरु भएको पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।
बैठकमा संगठन सुदृढीकरणको विशेष अभियानको सामान्य जानकारी, वर्तमान र हाम्रा कार्यभार, सबैबाट विचारहरूको प्रस्तुती, आगामी कामको विस्तृत योजना, कार्यविभाजन, कमिटीमा समायोजन तथा थपघट, जनसंगठन युवा र विद्यार्थी, विभागहरूको कामको व्यवस्थापन लगायत एजेन्डा अघि सारिएको छ ।
बैठक भोलि सम्म चल्ने बताईएको छ ।