November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

नेविसंघले उल्टो हिँडेर संसद विघटनको विरोध

3.4K

काठमाडौंमा नेविसंघले उल्टो हिँडेर संसद विघटनको विरोध गरेका छन् । माइतीघर मण्डलाबाट नेविसंघ नेता–कार्यकर्ताहरु उल्टो हिँड्दै बानेश्वरसम्म आइपुगेका छन् ।

उनीहरुले संसद विघटनको विरोध गर्दै केपी ओलीविरुद्ध चर्का नारासमेत लगाएका थिए । प्रदर्शनमा नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजीव ढुंगाना, उपाध्यक्ष तुलसा थपलिया, महामन्त्री उर्मिला थपलिया, वलदेव तिमल्सिना, युवराज पाण्डेलगायत सहभागी भएका छन् ।

नेविसंघकी नेतृ एलिजा ढकालले प्रधानमन्त्री केपी ओलीले संविधानविपरीत संसद विघटन गरेर उल्टो बाटोमा हिँडेकाले सांकेतिक रुपमा विरोध गरिएको बताइन् । उनले भनिन ,‘संविधान मिचेर तपाईं उल्टो बाटोमा हिँड्दै हुनुहुन्छ सच्चिनुस् भनेर दबाब दिनलाई उल्टो हिँडेर विरोध गरिएको हो ।’

Advertisement

ओलीको यो कदमले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नै विभाजन भएकाे छ।