काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको अवस्थामा कुनै पनि दलसँग एकताको सम्भावना नरहेको बताएका छन्। काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा नेपालले एकीकृत समाजवादीलाई कसरी बलियो बनाउने भन्ने अहिलेको मुख्य प्रयास रहेको बताए।
आफूहरूले दक्षिणन्थी धार छाडेर क्रान्तिकारी धार रोजेको बताउँदै उनले आफूहरू समाजवादको दिशामा अगाडि बढ्ने वातावरणमा जुटिरहेको उल्लेख गरे।
कोशी प्रदेशमा एमालेको सरकार ढलेकाले चाँडै बन्ने नयाँ सरकारमा एकीकृत समाजवादी सहभागी हुने बताउँदै उनले कसैलाई निषेध र एक्लो बनाउन नचाहने धारणा राखे। नेपालले भने,‘हामी एकताबद्ध भएर अगाडि बढ्छौं। संविधानमा विमति राख्नेसँग त हातेमालो गरेर अगाडि बढिरहेका छौं भने संविधान मान्नेसँग सँगै हिँड्न गाह्रो छैन।’