November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कमल थापाले गरे गृह जिल्लाबाट सक्रिय सदस्यता वितरण अभियान सुरू

2.3K

हेटौंडा– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गृहजिल्ला पुगेर सक्रिय सदस्यता वितरण अभियान सुरू गरेका छन्। हेटौंडा-१८ हर्नामाडीमा बिहीबार आयोजित कार्यक्रममा सक्रिय सदस्य बन्नका निमित्त जिल्ला अध्यक्ष रामहरी न्यौपानेलाई फारम बुझाएर थापाले अभियान सुरु गरे।

राप्रपाको आगामी महाधिवेशनमा सक्रिय सदस्यताको आधारमा महाधिवेशन प्रतिनिधि हुने नीतिअनुरुप पार्टीले सघन रुपमा देशव्यापी सक्रिय सदस्यता वितरण अभियान संचालन गरेको हो। महाधिवेशनमा महिला, मधेसी, सीमान्तकृत, दलित, पिछडिएका सबैको सहभागिता सुनिश्चित गरेको समेत जनाइएको छ।

कार्यक्रममा बोल्दै थापाले राप्रपालाई मुलुकको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने अभियानमा साथ सहयोग र सक्रियताको लागि कार्यकर्तालाई आग्रह गरे।

Advertisement