September 26, 2023, Tuesday
२०८० आश्विन १०
1:37:26 pm

जसपा नेपालको विधान अधिवेशन आजदेखि

500

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन आजदेखि सुरु हुँदैछ ।

अधिवेशन आज बिहान ११ बजे प्रज्ञा प्रतिष्ठानमा सुरु हुनेछ ।

केन्द्रिय कमिटीका ४१० सदस्यका साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठनलगायतबाट देशभर तथा प्रवाससमेत गरी करिब ८०० प्रतिनिधिहरू सहभागी हुँदैछन् ।

Advertisement

विधान अधिवेशनको पहिलो दिन अध्यक्ष उपेन्द्र यादवले पार्टीको विधान मस्यौदा प्रस्तुत गर्ने कार्यसूचि रहेको छ ।