काठमाडौँ । कोशी प्रदेश नामकरणविरुद्धको आन्दोलनलाई सशक्त बनाउने उद्देश्यका साथ काठमाडौँमा पहिचानका लागि युवा उपत्यका समिति बनेको छ ।
शुक्रबार जहरमान थेवेको संयोजकत्वमा उपत्यका समिति घोषणा गरिएको हो । समिति २०१ सदस्यीय रहेको छ भने सहसंयोजकहरुमा कुलदीप राई र तुलाराम मगर छन् ।
काठमाडौँको कोटेश्वरस्थित किरात राई यायोक्खाको केन्द्रीय कार्यालयमा घोषणा निर्माण भएको हो । गाउँदेखि सहरसम्म पहिचानको लागि युवा नाराका साथ समिति घोषणा गरिएको थियो ।
समितिले कोशी नामकरण खारेजीको आन्दोलनलाई व्यवस्थित र सशक्त बनाउन स्वयंसेवकको भूमिका निर्वाह गर्नेछ ।