February 9, 2026, Monday
२०८२ माघ २६
1:37:26 pm

प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर शुक्रबार

1.4K

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर शुक्रबार हुने भएको छ । सभाको मंगलबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिमको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम शुक्रबार हुनेगरी निर्धारण गरेको जानकारी दिएका छन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको लागि सम्पूर्ण सदस्य संख्यालाई वर्णानुक्रम अनुसार हरेक समूहमा १५ जना सदस्य रहनेगरी जम्मा १७ समूहमा विभाजन गरिएको बताए । यो महिना भने समूह १ मा रहेका प्रतिनिधिसभा सदस्यहरुको पालो रहेको उनले जानकारी गराए ।

सभामुखले प्रधानमन्त्रीलाई सोध्ने प्रश्न आजै(मंगलबार) दिनको ५ बजेसम्म प्रतिनिधिसभाका सचिवसमक्ष लिखित रुपमा दिन प्रतिनिधिसभा सदस्यहरुलाई आग्रह गरेका छन् ।

Advertisement