November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

ओखलढुंगा-काठमाडौँ सम्पर्क मञ्चको अधिवेशन सम्पन्न, अध्यक्षमा काजी थापा

1.7K

काठमाडौँ । नेकपा एकीकृत समाजवादी अन्तर्गतको ओखलढुंगा काठमाण्डौ सम्पर्क मञ्चको अधिवेशन सम्पन्न भएको छ । शनिबार काठमाडौँमा सम्पन्न मञ्चको १२ औं अधिवेशनले काजी थापाको अध्यक्षतामा १५ सदस्यीय नयाँ समिति निर्वाचित गरेको छ ।

नवनिर्वाचित समितिको उपाध्यक्षमा निलप्रसाद गौतम र जुहार चन्द्र कटवाल सचिव श्यामनाथ घिमिरे उपसचिव संगीता केसी कोषाध्यक्ष रमेश भट्टराई निर्वाचित भएका छन् । समितिका सदस्यहरूमा गोविन्द विष्ट, निरञ्जन न्यौपाने बस्नेत, भक्तबहादुर धमला,गुरुप्रसाद तिम्सिना र लालबहादुर बुढाथोकी रहनु भएको छ भने अन्य ३ जना पछि थप हुने बताईएको छ । 

भेलालाई एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा विशेष प्रदेश कमिटी अध्यक्ष विरवलकाजी राईले मुलुकमा शक्तिशाली पार्टीको रुपमा कम्युनिष्टहरू नै भएको भन्दै अव समाजवादी मोर्चा निर्माण सँगै समाजवादको लक्षमा अघि बढ्नुपर्ने बताए।

Advertisement