February 12, 2026, Thursday
२०८२ माघ २९
1:37:26 pm

शुक्रबार समाजवादी मोर्चाको घोषणा हुनेछ: गंगालाल तुलाधर

1.5K

काठमाडौ । नेकपा एकीकृत समाजवादी पार्टीका उपमहासचिव डा. गंगालाल तुलाधरले चर्चाको शिखरमा रहेको समाजवादी मोर्चाको घोषणा शुक्रबार हुने खुलासा गरेका छन्। 

समाजवादी प्रेस संगठन नेपालको प्रथम अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई बधाई दिन अनेरास्ववियूले अनामनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपमहासचिव तुलाधरले असार १ गते पारेर समाजवादी मोर्चाको घोषणा गर्न लागिएको  जानकारी दिए । 

यस विषयमा आधिकारिक धारणा बनाउनका लागि पार्टीको सचिवालय बैठक बोलाएको पनि उपमहासचिव तुलाधरले जानकारी दिए  । 

Advertisement

माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र बिप्लबको नेकपा सहितका पार्टी मिलेर समाजवादी मोर्चा बन्ने भएको बताईएको छ ।