February 9, 2026, Monday
२०८२ माघ २६
1:37:26 pm

पार्टी जोगाउनका लागि सभापतिले विकल्प दिनुपर्छः काँग्रेस महामन्त्री थापा

1.5K

विराटनगर । काँग्रेसका महामन्त्री गगन थापाले पार्टी जोगाउनका लागि सभापति शेरबहादुर देउवाले विकल्प दिनुपर्ने बताएका छन् । मंगलबार विराटनगरमा पत्रकारहरूसँगको कुराकानी गर्दै उनले पार्टीका लागि गरेको योगदानको कदर गर्दै पार्टी जोगाउनका लागि विकल्प दिनुपर्ने बताएका हुन् ।

महामन्त्री देउवाले भने, ‘सभापति देउवा ज्यूसँग न त कुनै आग्रह छ न त पूर्वाग्रह छ तर अहिलेको समयमा काँग्रेसका आम कार्यकर्ता, शुभेच्छुक र समर्थकको चाहना र देशको आवश्यकता अनुसार सभापतिले जति छिटो नेतृत्वबाट हट्नु हुन्छ त्यति धेरै उहाँ र पार्टीको हितमा हुन्छ भन्ने छ । उहाँले अब पनि आफूले पार्टीको नेतृत्व नगरे पार्टी रहँदैन भन्ने मानसिकता त्याग्नुपर्छ । उहाँले पार्टीका लागि गरेको योगदानको हामीले कदर गर्छौं र जीवनपर्यन्त सम्झिरहन्छौं तर पार्टीको हितका लागि नेतृत्व छाड्नुपर्छ ।’

उनले अहिलेको संसद्को ५ वर्षे कार्यकालमा काँग्रेसको नेतृत्वमा एकपटक सरकार बन्ने तर त्यतिबेला देशको प्रधानमन्त्रीका लागि पनि सभापति देउवाले विकल्प दिनुपर्ने बताए । उनले भने, ‘सभापतिज्यूले प्रधानमन्त्रीको रुपमा ५÷६ पटक काम गरिसक्नुभएकाले उहाँले देश र जनताका लागि कामको सम्मान गर्दै अब देशले काँग्रेसबाट कुनैपनि नयाँ व्यक्ति प्रधानमन्त्री भएको हेर्न चाहेको छ । त्यसैले सभापति देउवालाई पार्टीको नेतृत्व र देशको प्रधानमन्त्री बन्नका लागि मार्ग प्रशस्त गरिदिन आग्रह छ जुन सभापति र पार्टी दुवैको हितमा हुन्छ ।’

Advertisement

पार्टीलाई आवश्यक भएको नयाँ नेतृत्वका लागि आफूले प्रयत्न गरिरहेको र त्यसमा कुनै किसिमको नाफा र घाटाको हिसाब नगर्ने थापाले बताए । उनले पार्टीभित्र नेतृत्व परिवर्तन भयो भने अहिले आएका चुनौतीहरूबाट पार लगाउन सकिन्छ र भएन भने यही चुनौतीले थिचिने भएकाले परिवर्तनको पक्षमा लागेको बताए ।