February 13, 2026, Friday
२०८२ फाल्गुन १
1:37:26 pm

मैले फेरि सभापति हुन्छु भनेको छैन: शेरबहादुर देउवा

1.2K

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी बलियो भए प्रजातन्त्र पनि बलियो हुने बताए । शुक्रबार नेपाल डेमोक्रेटिक लयर एशोसिएसन (डिएलए नेपाल) को ११औं राष्ट्रिय महाधिवेशनलाई शुक्रबार चितवनमा सम्बोधन गर्दै उनले काँग्रेस बलियो भएमा प्रजातन्त्र पनि बलियो हुने बताएका हुन्। 

सभापति देउवाले भने, ‘नेपाली काँग्रेस बलियो भयो भने प्रजातन्त्र बलियो हुन्छ। त्यसका लागि सबै मिलेर अघि बढौं ।’ 

उनले नेकपा एमालेले ७० वर्षे उमेर हद हटाएको बारे टिप्पणी गर्दै आफू अब काँग्रेस सभापतिमा नदोहोरिने बताए। ‘हामी कहाँ त्यस्तो छैन। तर दुई पटकभन्दा बढी सभापति हुन पाइँदैन। मैले म फेरि हुन्छु भनेर पनि भनेको छैन,’ उनले भने।

Advertisement