November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

केपी ओली राजनीतिका क्यान्सर हुन्: डा बाबुराम भट्टराई

3.6K

काठमाडौं-  जनता समाजवादी पार्टीका(जसपा) संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई राजनीतिक क्यान्सर भएको टिप्पणी गरेका छन्। सबै राजनीतिक दलहरुवीच काठमाडौमा भएको अन्तर्क्रिया कार्यक्रममा बोल्दै भट्टराईले केपी ओलीमा भएको क्यान्सरले सबैलाई खाने खतरा देखिएको बताए। 

‘केपी ओली राजनीतिक क्यान्सर हुन्। नेकपाभित्र पलाएको त्यो क्यान्सरलाई पालेर राख्नुभयो भने तपाई (नेकपा कार्यकर्ता)लाई त खान्छ, खान्छ हामीलाई पनि खाने खतरा छ,’ भट्टराईले जोड् दिँदै भने, ‘हामीले संयुक्त आन्दोलन जोड्न नसके जनता आउँदैन जनता नआए राजनीतिक क्यान्सलाई फाल्न सकिँदैन।’

सबै दलका नेताहरूप्रति आमजनताको राम्रो इमेज नभएको बताउँदै भट्टराईले जनतालाई आन्दोलनमा उतार्न मिलेर संर्घष गर्नुको विकल्प नरहेको बताए।

Advertisement